नौरथामा बालिका पुज्ने मेरो देश,
आज अनेकौं बालिकाहरूको अस्मिता लुँटिदा मौन छ,
कलिला चित्कारहरू,
विलीन भईरहेछन्,
अनि एक पछी अर्को गर्दै,
तछाडमछाड गर्दै छन् बलात्कारीहरू,
नयॉं नयॉं शिकार खोज्न।
हिजोसम्म दाइजोको नाममा कैंयौं चेली जलाइए,
भोलि बलात्कारबाट बचाउन,
आमाले नै छोरी मार्लिन,
म त दोष त्यसमा पनि देख्दिन,
हिजो सम्म स्कर्टको लम्बाईलाई दोष दिनेहरूले,
त्यो नौ महिनाकी बालिका मा पनि पक्कै खोट देख्नेछन्,
अनि गल्ली गल्लीमा भेटिरहनेछौं हामी,
अनगिन्ती निर्मलाहरू।
कच्चा सम्झना भएका हामी,
एक दुई दिन उफ्रन्छौं अनि लाग्छौं आफ्नै काममा,
आखिर निर्मला हाम्री को नै हुन् र?
कठै मेरो देश सार्है बिरामी परेछ।
रिचा निरौला
About The Author: Erips.nepal
More posts by erips.nepal